'लकडाउन'मा मलामी नहुँदा शव बोक्न समस्या

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आदेशपछि धेरै ठाँउमा यसको असर परेको छ।

दिनभरी कामगरेर छाकटार्नेहरु एकातर्फी मारमा छन् भने मानिसहरुले अन्तिम संँस्कारमा समेत सहभागी हुन पाइरहेका छैनन्।

लकडाउनको आदेशसँगै पशुपति आर्यघाटमा समेत कडाई गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले गरेको ‘लकडाउन’ को तेस्रो दिन बिहीबार पशुुपति आर्यघाटमा मलामी आउन समस्या परेकाले शव बोक्न निकै कठिन भयो।  

कोरोनाको कारण सरकारले लकडाउन गरेपछि बिहीबार पशुुपति आर्यघाटमा आफन्तको अन्त्येष्टि गरिँदै । 

यस्ता स्थानमा भीड कम गर्न आवश्यक भएपछि मलामी आउनको लागि पनि समस्या परेको हो । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय