पाँच दिनअघि भारतबाट आएका थिए बाबु, छोरामा उच्चज्वरो देखिएपछि आइसोलेशनमा भर्ना

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

जुम्ला, तातोपानी गाउँपालिकाका ११ वर्षीय एक बालकलाई उच्च ज्वरो देखिएसँगै आइसोलेशनमा राखिएको छ। जाँचका क्रममा उच्च ज्वरो देखिएपछि आज उनलाई सीधै आइसोलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा सुनिल बुढाथोकीले बताउनुभयो।

उहाँका अनुसार बालकमा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ। बालकका बुबा पाँच दिन अगाडि भारतबाट आएकोसमेत खुलेको छ। 

दुईतीन दिनअघिदेखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याई  नाप्दा कोरोनाको लक्षणसँंग मिल्दोजुल्दो भएपछि आशङ्कामा आइसोलेशनमा राखिएको डा बुढाथोकीले जानकारी दिनुभयो। बालकलाई कोरोनाको प्रतिवेदन नआउञ्जेल आइसोलेशनमै राखी उपचार गरिने  प्रतिष्ठानले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय