‘लकडाउन’का समयमा तीन सरकारी कार्यालयमा चोरी

dainikonline
फाइल फोटो
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0
फाइल फोटो

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको  चोरी भएको  छ।

नगरपालिकामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधबार मध्येराति लाखौँ रुपैयाँ बराबरको सरसमान चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिनुभयो ।

 कोरोना भइरसका कारण विश्वभर महामारी फैलिएकाले नेपालमा संक्रमण हुन नदिन लकडाउन गरिएका बेला नगरपालिका  वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयका ताल्चा फुटाएर चोरी भएको हो ।

कार्यालयहरुबाट राजश्वतर्फ उठाइएको रु १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पङ्खा तथा एक थान इन्टरनेट चलाउने राउटर चोरी गरेको वडा अध्यक्ष यादवले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय