५० लाखको चेक बुझाएर कांग्रेस प्रवक्ता शर्माले भने, ‘लकडाउन हाम्रै लागि हो’

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौं । नेपाली कांग्रेसले कोरोनाविरुद्ध सरकारले स्थापना गरेको विशेष कोषमा ५० लाखको चेक जम्मा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोषमा ५० लाखको चेक जम्मा गरेको जानकारी दिँदै आम नागरिकका तर्फबाट लकडाउनको पूर्ण पालना नभएकोमा असन्तुष्टि व्यक्त गर्दै भनेका छन, ‘लकडाउन पालना इमान्दारीपूर्वक गरौं, यो हाम्रै लागि हो ।’

भिडियोसहितको ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘लकडाउनको तेस्रो दिन सरकारको कोषमा ५० लाखको चेक बुझाउन सरकारसँग समन्वय साथ पार्टीको तर्फबाट जाँदै गर्दा सडकमा मानिस हिंडिरहेको, साइकल र स्कुटीमा गुडिरहेको देखें । ३५ सेकेन्डको भिडियोमा देखिन्छ ।’ उनले अगाडि अनुरोध गर्दै लेखेका छन्, ‘आदरणीय दिदीबहिनी, दाजुभाइलाई अनुरोध ! लकडाउन पालना इमानदारीसाथ गरौं । यो हाम्रै लागि हो ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय