यस्ता मालिक, जसले आफ्नो तलब घटाएर कर्मचारीको तलब बढाए

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौँ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीपनि धेरै जसो कम्पनीले आफ्ना कर्मचारीलाई बेतलवी विदा दिएका छन्। तर, अमेरिकाको एक कम्पनीका मालिकले भने तलब बढाएर कर्मचारीलाई काममा जारी राखेका छन्।

अमेरिकाको सिएटलस्थित एक कार्ड पेमेन्ट कम्पनीका मालिक डेन प्राइसले आफ्ना १२० जना कर्मचारीहरुको तलब बढाएर न्युनतम ७० हजार डलर तोक्ने। 

जसका लागि डेनले आफ्नो आम्दानीबाट १० लाख डलर कटौती गरेको बीबीसीले जनाएको छ।

आफ्नो आम्दानी घटाएर कर्मचारीको तलब थप्ने काम सन् २०१५ देखि सुरु गरेका उनले कोरोना संक्रमणको प्रभावपछि पनि त्यसलाई निरन्तरता दिएको समाचारमा उल्लेख छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय