कोरोना भाइरस फैलाएको भन्दै चीनमाथि अमेरिकाद्वारा २०० खर्ब डलरको मुद्धा

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडाैं । कोरोना भाइरस फैलाएको भन्दै वासिङटनका एक वकिलले चीनविरुद्ध मुद्धा दर्ता गराएका छन् । वासिङटनका वकिल ल्यारी क्लेयमेनले चीनबिरद्ध २० ट्रिलियन अर्थात २०० खर्ब डलरको मुद्धा दर्ता गराएका हुन् ।

यो भाइरसको महामारीका कारण विश्वभरीमा करीब ४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । मृतकको संख्या २० हजार नाघिसकेको छ । ल्यारी र उनको वकालत समूह फ्रिडम एन्ड बज फोटोजले यूएस डिस्ट्रिक कोर्ट फर नर्दन डिस्ट्रिक अफ टेक्सासमा यो मुद्धा दायर गरका हुन् ।

अदालतमा दर्ता गरेको मुद्धामा उनले कोरोनाभाइरसलाई चीनले युद्धका लागि जैविक हतियार बनाउनका लागि डिजायन गरेको आरोप उलने लगाएका थिए । चीनले यो भाइरस फैलाउन चाहन्थ्यो वा चाहँदैनथ्यो यसको पुष्टि भएको छैन, तर यसो गरेर अमेरिकी कानून, अन्तर्राष्ट्रिय कानून, सन्धीको उल्लंंघन गरेको आरोप उनले लगाएका छन् ।

मुद्धामा भनिएको छ, ‘किनकी चीन यस किसिमको हतियार खारेज गर्ने सन्धीमा सहमत भएको छ । यो करावाही पीपुल्स रिपब्लिक अफ चाइनाको आधिकारिक सरकारी कारबाही हुन सक्दैन ।’ ‘प्रयोगशालाभित्र भाइरस बनाइ राख्ने उद्देश्य यसको उपयोग ती अमेरिकी नागरिक तथा अन्य व्यक्तिलाई मार्नु थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय