शोकका डुब्यो बलिउड, यी अभिनेत्रीको निधन

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री निम्मीको उपचारका क्रममा निधन भएको छ। केही महिनादेखि स्वास्थ्यमा समस्या देखिएकी निम्मीको उपचारका क्रममा मुबंईमा निधन भएको हो। 

८८ वर्षीया अभिनेत्री निम्मी कुनै बेलाकी चर्चित अभिनेत्री मानिन्थिन्। उनी केही महिनादेखि विभिन्न स्वास्थ्य समस्यासँग जुध्दै आएकी थिइन्। उनको मुंबईको नर्सिङ होममा निधन भएको भारतीय मिडियाले जनाएका छन्। 

निम्मीको निधनले बलिउड क्षेत्र शोकमा डुबेको छ। निम्मीको निधनप्रति विभिन्न चर्चित कलाकारले दुख व्यक्ति गरेका छन्। बलिउड अभिनेता ऋषी कपुरले ट्वीटमा लेखेका छन्, प्रेम र आर्शिवादका लागि निम्मी अन्टी हजुरलाई धेरै धेरै धन्यावाद, तपाईको आत्माले शान्ति पाओस्। 

महेश भट्टदेखि ऋषी कपुरसम्मका चर्चित कलाकारले उनको निधनप्रति दुख व्यक्त गरेका छन्। 

१६ वर्षको उमेरदेखि फिल्ममा काम सुरु गरेकी निम्मीले सन् १९४९ देखि १९६५ मा फिल्म क्षेत्रमा निकै सक्रिय थिइन्। उनको वास्तविक नाम नवाब बानो रहेको थियो । उनले एस अली राजासँग विवाह गरेकी थिइन्। जसको सन् २००७ मा निधन भएको थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय