झन् घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।  

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा तोकेको छ।    

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ९२ पैसा छ।            

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४४ रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर मूल्य १४५ रुपैयाँ ४४ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

dainikonline

 १९ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय