अमेरिकामा एकै दिन थपिए १३ हजार बढी नयाँ संक्रमित, मृत्यु हुनेको संख्या हजार नाघ्यो

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९८ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म २१ हजार २ सय ८३ जनाको ज्यान गएको छ भने ४ लाख ७१ हजार ६० जना संक्रमित भएका छन्। 

अहिलेसम्म कोरोना भाइरसका १ लाख १४ हजार २१८ जना विरामी उपचारपछि घर फर्किएका छन्। अमेरिकामा एकै दिन १३ हजार बढी नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा बिहीबार विहानसम्म पछिल्लो २४ घण्टामा १३ हजार ३ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् भने २४७ जनाले ज्यान गुमाएका छन्। 

यो सहित अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार २७ पुगेको छ भने ६८ हजार २०३ जना संक्रमित भएका छन्। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय