कोरोना भाइरसका विरामीको ज्यान बचाउँदा बचाउँदै आफ्नै ज्यान गुमाए यी डाक्टरले

dainikonline
दैनिक अनलाइन | चैत १२, २०७६ बुधबार | 0

विश्वका १९६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १९ हजार ७ सय ४४ जनाको ज्यान गइसकेको छ। अहिलेसम्म विश्वमा ४ लाख ३९ हजार ९४० व्यक्ति कोरोना भाइरसबाट संक्रमित छन्। 

यसै क्रममा पाकिस्तानमा कोरोना भाइरसका विरामीको उपचारमा खटिएका एक डाक्टरको ज्यान गएको छ। उसामा रियाज नामका ती डाक्टरको २६ वर्षको उमेरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

उनको हालै कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो। कोरोना भाइरसका विरामीको उपचारका क्रममा ती डाक्टरसँग न मास्क थियो न त ग्लाब्स । यस्तो अवस्थामा पनि आफ्नो ज्यानको परवाह नगरी उनले कयौँ विरामीको उपचार गरेको थिए। द ट्रिबियूनमा प्रकाशित समाचारका अनुसार ती डाक्टर विश्वभर पाकिस्तानका एक हिरो बनेर उभिएका थिए। 

उनलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि उनको स्वास्थ्य अवस्था निकै गम्भिर बन्दै गएको थियो। उनको त्यहाँको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय