'सक्किगोनी'को प्रशारण बन्द

dainikonline
दैनिक अनलाइन | चैत ९, २०७६ आइतबार | 0

काठमाडौँ । हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण बन्द हुने भएको छ। कोरोना भाइरसको त्रासका कारण छायांकन स्थगित भएकाले केही साताका लागि सिरियलको प्रशारण स्थगन गरिएको निर्माण पक्षले जानकारी दिएको छ। 

सक्किगोनीका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले सरकारले गरेको आह्वानलाई आत्मासाथ गर्दै छायांकन रोकिएकाले केही साता प्रशारण बन्द हुने जानकारी दिएका छन्। उनका अनुसार सरकारबाट अर्को सुचना नआएसम्म सक्किगोनीको प्रशारण बन्द हुने छ।

छायांकन रोकिएपछि अहिले सम्पूर्ण युनिट सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णयमा पुगेको उनको भनाइ छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय