कोरोना भाइरसको संक्रमणबाट रियल म्याड्रिडका पूर्व अध्यक्षको मृत्यु

dainikonline
दैनिक अनलाइन | चैत ९, २०७६ आइतबार | 0

काठमाडौँ । कोरोना संक्रमणबाट रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको मृत्यु भएको छ। कोरोना भाइरसको लक्षण देखिएपछि ७६ वर्षीय सान्जलाई पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो।

सान्जका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका हुन्। उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिदै लेखेका छन्, 'मेरा पिताको भर्खरै निधन भएको छ। उहाँको अन्त्य यस्तो हुन नहुुने थियो ।’ 

उनले लेखेका छन्,‘उहाँ मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति हुनुहुन्थ्यो । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो।’

रियल म्याड्रिडले पनि विज्ञप्ती निकाल्दै सान्जको निधन प्रति दुख व्यक्त गरेको छ। सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय