लण्डनबाट फर्किएकी बलिउड गायिकामा कोरोना, एयरपोर्टमा जाँच नगरी घर

dainikonline
दैनिक अनलाइन | चैत ७, २०७६ शुक्रबार | 0

एजेन्सी । बलिउडकी चर्चित गायिका कनिका कपुरलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।

यही मार्च १५ मा लण्डनबाट लखनउ फर्किएकी उनमा कोरोना पोजेटिभ भेटिएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार एयरपोर्टका कर्मचारीसँगको मिलेमतोमा उनी बाथरुममा लुकेर जाँच कक्षबाट भागेकी थिइन्।

त्यसपछि आइतबार मात्रै लखनउमा रहेको एउटा ताज होटलमा भएको कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन्।

त्यहाँ लखनउका वरिष्ठ अधिकारीहरू तथा नेताहरू समेत सहभागी भएका थिए।

लखनउको एक अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा कनिकामा कोरोना भेटिएको हो। उनलाई लखनउमा नै आइसोलेसनमा राखिएको छ।

घटनाको खुलासा भएदेखि उनी बस्ने लखनउ स्थित अपार्टमेन्टका मानिस क्रोधित भएका छन्।

उक्त अपार्टमेन्टका धेरै परिवारले घर छाडेर जाँदै गरेको समाचारमा बताइएको छ।

करिनालाई कोरोना भेटिएपछि पूरै परिवारलाई क्वारेन्टाइनमा राखिएको छ।

जानकारीका अनुसार अधिकारीहरूले कनिकाको सम्पर्कमा रहेकाहरूलाई फोन गरेर सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छन्।

भारतमा कोरोनाबाट ५ जनाको मृत्यु घएको छ भने २ सय भन्दा बढि मानिस संक्रमित भएका छन।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय