कोरोनाको डरले 'पागल' भएका एक किसानले ६ हजार कुखुरा जिउदै गाडे

dainikonline
एजेन्सी | फागुन २९, २०७६ बिहिबार | 0

कोरोनाको कहरले आजित एक किसानले आफ्नो छ्टपटी आफैले पालेका हजारौं कुखुरालाई जिउदै गाडेर व्यक्त गरेका छ्न ।

यो खबर भारतको कर्णाटक राज्यको हो । ३०० भन्दा बढिमा बिकिरहेको कुखुरा एकाएक मूल्य घटेर ४० रुपैयाँमा पनि बेच्न गाह्रो भएपछि किसानले यो कदम उठाएको बुझिएको छ। 

कोरोना सर्ने डरले मानिसहरुले कुखुरा खान छोडे पछि एकाएक मूल्य घट्न पुग्दा किसानहरु मर्कामा परेका छ्न । कुखुराको मासुबाट  पनि कोरोना सर्ने अफवाह फैलिए पछि मानिसहरुले कुखुरा खान ज्यादैनै कम गरेका छ्न । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय