साथी कोरोना संक्रमित भएपछि रोनाल्डो क्वारेन्टाइनमा

dainikonline
दैनिक अनलाइन | फागुन २९, २०७६ बिहिबार | 0

एजेन्सी । कोरोना भाइरसको संक्रमणका बीच फुटबल स्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइमा बसेका छन्।

उनी आवद्ध फुटबल क्लब युभेन्ट्सले रोनाल्डो पोर्चुगल स्थित आफ्नै घरमा रहेको जनाएको छ।

एउटै टिममा आवद्ध खेलाडी डेनिली रुगानीलाई कोरोना भाइरस संक्रमण भएपछि रोनाल्डो क्वारेन्टाइनमा बसेका हुन।

कोरोना भाइरस सकारात्मक देखिएका रुगानीलाई आइसोलेसनमा र उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

गत आइतबार इन्टर मिलानलाई हराएपछि लिइएको सामुहिक तस्विरमा रोनाल्डो रुगानीसँगै देखिन्छन्।

युभेन्ट्स इटालिएन फुटबल क्लब हो। इटाली चीनपछि कोरोनाबाट सैबभन्दा ग्रस्त मुलुक हो। रुगानीलाई कोरोना भेटिएपछि टिमका अन्य सदस्यहरुलाई चेकजाँच गरिनुपर्ने माग उठ्दै आएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय