साङ्लो बन्दै शक्तिशाली, विकास गर्यो औषधी र विषप्रतिरोधी क्षमता!

dainikonline
एजेन्सी | फागुन २९, २०७६ बिहिबार | 0

साङ्लो किरो नचिन्ने सायदै कोही होलान्। कुनै न कुनै समयमा हाम्रो भान्छा, वेडरुम वा कतै न कतै साङ्ला दौडिरहेको देखिन्छन्। साङ्लाको बिगबिगीले आजित नभएका पनि सायदै कोही होलान्। 

साङलो किरा निर्मुल पार्नका लागि अनेक थरि औषधीहरु प्रयोग पनि केही उपाय नलागेर हरेश खाने स्थिति भोग्ने पनि धेरै होलान्। अब त साङ्लो किरा सबै मरे होलान् भन्ने सोचिरहँदा फुत्त कतै न कतैबाट निस्किरहेको देखिन्छ।

यो साङ्लो किरा किन निर्मूल गर्न गाह्रो भइरहेको छ त?

हालै एक अध्ययनले साङ्लो किराले दबाइविरुद्ध लड्नसक्ने क्षमता बढाउँदै लगेको पाइएको छ।

जर्मनीका साङ्लोमा औषधी र बिषविरुद्ध लड्नसक्ने क्षमता वृद्धि हुँदै गएको देखिएको हो।

डेली मेलका अनुसार पुर्ड्यु युनिभर्सिटीले ६ महिना साङ्लामाथि अध्ययन गरेको थियो। युनिभर्सिटीका प्राध्यापक माइकल स्कार्फ भन्छन्, ‘साङ्लोमा देखिएको परिवर्तनले अज्ञात चुनौती थपेको छ।’

जर्नल साइन्टिफिक रिपोर्टमा ‘स्पेसिस ब्लाटेला जर्मानिका’ नाममा प्रकाशित अध्ययनले विश्वका साङ्लाले नै उसको औषधी र बिष पचाउने क्षमतामा विकास गरेको जनाइएको छ।

उसो त कतिपयले साङ्लो कीरा मार्नका लागि बजारमा पाइने जति सबै औषधी प्रयोग गरिसकेका छौं होला। तर साङ्लो उन्मूलन भएको पाइएको छैन। यस्तो अवस्थामा जर्मनीमा भएको यसप्रकारको अध्ययन र हाम्रो अनुभव हेर्दा साँच्चिकै साङ्लोले विषविरुद्ध लड्न सक्ने क्षमता आर्जन गरेकै हो कि!

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय