कोरोना कहरपछि रेखा र सलमान भन्छन्, ‘नमस्कार गरौँ, संस्कार हाम्रै हो’

dainikonline
दैनिक अनलाइन | फागुन २२, २०७६ बिहिबार | 0

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी र त्रास फैलिरहेको बेला त्यसबाट नेपाल र भारत पनि अछुतो रहन सकेका छैनन् । छिमेकी चीनबाट उत्पत्ति भएको कोरोनाबाट नेपाल पनि उत्तिकै जोखिममा रहेको छ ।

पछिल्लो चरणमा नेपाल सरकारले सभा, सम्मेलन, भेला, मेला, महोत्सव लगायतका भीडभाड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न सबैमा आग्रह गरेको छ । त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले पनि भीडभाड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न नागरिकसँग आग्रह र अनुरोध गरिरहेको छ । त्यस्तै, विभिन्न राजनीतिक दल, तिनका भातृसंगठनहरुले पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरिसकेका छन् ।

विश्वका करीव ६० भन्दा बढी देशमा कोरोना फैलिएको बताइएको छ । कोरोना भाइरसको त्राससँगै हात मिलाउने र अंकमाल गर्ने चलनलाई पूर्णविराम लगाउँदै नमस्कार गर्नुपर्ने चलन अगाडि सारिएको छ । टाढैबाट नमस्कार गर्दा कोरोना भाइरस सर्ने खतरा कम हुने बताइएको छ ।

यसक्रममा बलिउड सुपरस्टार सलमान खान र कलिउडकी सुपरस्टार रेखा थापाले नमस्कार गर्न सबैमा आग्रह गरेका छन् । सलमान र रेखाले आफ्नो संस्कार अनुसार नमस्कार गर्न आग्रह गरेका हुन् । सलमानले कोरोना भाइरस खत्तम भएपछि हात मिलाऊ र अंकमाल गर भनेका छन् ।
 
यता लोकप्रिय नायिका रेखा थापाले पनि ‘नमस्कार गरौँ, संस्कार त हाम्रै हो क्यारे ’ भन्दै आप्mनो सामाजिक सञ्जालमा लेखेकी छन् । नायिका रेखा थापाले बुधबार आफू अभिनित चलचित्र ‘हीरो रिटन्र्स’को ट्रेलर सार्वजनिक कार्यक्रममा पनि कोरोनाबाट सतर्क हुन आग्रह गरेकी थिइन् । तर धेरै डराउनु नपर्ने उनको भनाई थियो । सभा सम्मेलन नगर्नु भन्ने सरकारको आग्रहलाई पालना गर्न उनले अनुरोध पनि गरेकी थिइन् ।

सलमान र रेखाको विचार लगभग मिल्छ । बिहेको बारेमा पनि दुबैको बिचार उस्तै छ । विवाह नामको संस्थामा आवद्ध नहुँदा पनि जिन्दगी चल्ने दुबैको विश्वास र दावी छ । रेखा थापा कलिउडमा दबद्व्ग नायिकाको रुपमा परिचित छिन् । सलमानलाई पनि बलिउडमा दबद्व्ग नायककै ट्याग लागेको छ । फिल्म निर्माणमा पनि दुबैको बिचार उस्तै देखिन्छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय