रोकियो एसिया कप छनोट खेल खेल्ने नेपालको सपना

dainikonline
दैनिक अनलाइन | फागुन २१, २०७६ बुधबार | 0

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटबाट नेपाल एक खेल अगावै बाहिरिएको छ।

बुधबारको खेलमा सिंगापुरसँग हङकङ १६ रनले पराजित भएसँगै नेपालको एशिया कप छनोट खेल्ने सपना सकिएको हो।

आजको खेलमा हङकङले सिंगापुरलाई हराएको भए नेपाल एसिया कपमा पुग्ने झिनो सम्भावना बाँकी हुन्थ्यो। तर, सिंगापुरको जितसँगै नेपालको एसियाकप छानौट खेल खेल्न सपना अधुरै रह्यो।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। आफ्नो तेस्रो खेलमा थाइल्यान्डलाई ९ विकेटले हराउँदै कीर्तिमानी जित निकाले पनि नेपाल शीर्ष २ मा रहन सकेन।

पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाउन सक्यो।

आफ्नो अन्तिम खेलमा नेपालले शीर्षस्थानको सिगांपुरको सामना गर्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय