थाइल्यान्डमाथि नेपालको सानदार जित

dainikonline
दैनिक अनलाइन | फागुन २१, २०७६ बुधबार | 0

काठमाडौँ । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल विजयी भएको छ। 

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो।

थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा पर्यो। नेपालका लागि ओपनर कुशल मल्लले अवजित ३६ र पवन सर्राफले अविजित २७ रन जोडे। पहिलो जितपछि नेपालले ३ खेलबाट २ अंक जोडेको छ।

अब नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय