हैदराबादको कप्तानमा अष्ट्रेलियाली ब्याट्सम्यान देविड वार्नर नियुक्त

dainikonline
दैनिक अनलाइन | फागुन १५, २०७६ बिहिबार | 0

काठमाडाैं । अष्ट्रेलियाली ब्याट्सम्यान देविड वार्नर इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादको कप्तान नियुक्त भएका छन । प्रिमियर लिगको अघिल्लो दुई संस्करणमा हैदराबादको नेतृत्व न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सनले गरेका थिए ।

हैदराबादले बिहिबार उक्त जानकारी सार्वजनिक गर्दै वार्नर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएपछि उनलाई कप्तानको जिम्मेवारी सुम्पिएको जनाएको छ । अष्ट्रेलियामा बल कोट्याएको प्रकरणमा वार्नर र स्टिभ स्मिथ मुछिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले दुबैजनालाई निलम्बन गरेको थियो । लगत्तै भएको प्रिमियर लिगको २०१८ को संस्करणमा केन विलियम्सनले कप्तानी गरेका थिए । विलियम्सनको कप्तानीमा हैदराबाद प्रिमियर लिगको २०१८ को संस्करणमा फाइनलसम्म पुगेको थियो ।

उपाधिको होडमा हैदराबाद चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । २०१९ को संस्करणमा विलियम्सनको हैदराबाद एलिमिनेटरसम्म पुग्दा उपाधिको होडमा स्थान सुरक्षित गर्न देल्हीसँग हार बेहोरेको थियो । उक्त संस्करणमा हैदराबादको प्रतिनिधित्व गरेका विलियम्सनले प्रतियोगितामै सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान घोषित भएका थिए ।

उनले ७३५ रन बनाएका थिए । वार्नरले यसअघि सन् २०१५ देखि २०१७ सम्म प्रिमियर लिगमा हैदराबादको नेतृत्व गरेका थिए । सन् २०१६ को संस्करणमा वार्नरकै नेतृत्वमा हैदराबाद प्रिमियर लिगको च्याम्पियन बनेको थियो । वार्नरले ४५ म्याचमा हैदराबादको नेतृत्व गर्नुभएकोमा २६ खेलमा जित हात पारेको छ । विलियम्सनले नेतृत्व गर्नुभएको २६ खेलमध्ये १४ मा जित हात पारेको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय