एसिया ११ मा सन्दीप लामिछाने छनौट, दुई म्याच खेल्ने

dainikonline
दैनिक अनलाइन | फागुन १३, २०७६ मंगलबार | 0

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया-११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो । 

उक्त प्रतियोगिता बङ्गलादेशले बङ्गबन्धु शेख मुजिबउर रहमानको जन्मशताब्दीका अवसरमा आगामी चैत ८ र ९ गते ढाकामा आयोजना गर्न लागेको हो। सो प्रतियोगिताका लागि आयोजक बङ्गलादेश क्रिकेट बोर्डले आज १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो । 

सन्दीपसँगै एशिया–११ टोलीमा भारतीय कप्तान विराट कोहली, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, लिटन दास, तमिम इक्बाल, लसिथ मालिंगा, मुस्ताफिजुर रहमान, राशिद खान, मुस्फिकुर रहीम, थिसारा परेरा, मोहमद सामी र कुलदिप यादव छन्। प्रतियोगिताअन्तर्गत विश्व–११ र एशिया–११ बीच दुई वटा खेल हुनेछन्। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय