केकमा देश काटिएको बेला देश जोड्न यी गायिकाले खर्चिइन् लाखौं रकम (भिडियो सहित)

dainikonline
दैनिक अनलाइन | फागुन १२, २०७६ सोमबार | 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाए । जसको आम नागरिकमा चर्को आलोचना र बिरोध भइरहेको छ ।

तर ठ्याक्कै यही समयमा अधिवक्ता तथा गायिका शितल पाण्डयेले लाखौ रकम खर्च गरेर नेपालको नक्सा काटेर टुक्राउने होइन् कालापानी र लिपुलेकसहितको नक्सा जोडेर राष्ट्रिय गीत बजारमा ल्याएकी छिन् ।
 
प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केक काटिरहँदा गायिका पाण्डेयले भने आफ्नो गीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष कसरी पुग्नसक्छ भनेर छलफल गरिरहेकी थिइन् । जब प्रधानमन्त्रीले ६९ औँ जन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको केक काटेर मनाएको फोटो भाइरल भयो त्यसपछि भने उनको मुटु छियाछिया भयो । 
उनले फेसबुकमा स्टाटसको रुपमा कबिता लेख्दै यसरी दुःख व्यक्त गरेकी छिन्ः 

म यता लाखौं खर्च गरेर देश जोड्ने कुरा गर्दैछु,
तिमी भने लाखौं खर्च गरेर देश तोड्ने कुरा गरेछौ !
तिमी र ममा यही फरक छ ।
मेरो सल्लाहकार कोही छैन,
तिमीलाई सल्लाह दिने कैंयन छन् !
तिमी र ममा यही फरक छ ।
मलाई देश जोड्ने कुरा कसैले सिकाएको होइन,
तिमीलाई भने देश तोड्ने कुरा कसैले सिकाएछन् !
तिमी र ममा यही फरक छ ।
बिश्वास थियो, छ र हुनेछ कि,
ममा अगाध देशप्रेम छ,
तिमीमा पनि उस्तै देशप्रेम छ !!
हामीमा यही कुरा समान छ ।
तर
मैले मेरो मन र दिमाग प्रयोग गरेर,
देश जोड्ने कुरा गरेर गुमनाम भइरहेछु !
तर अफशोच !
तिमी अर्कैको मन, दिमाग र निर्देशनमा,
देश तोड्ने कुरा गरेर भाइरल भइरहेछौ !
तिमी र ममा यही फरक छ ।
म लाखौें लगानीमा गुमनाम छु,
तिमी लाखौँ लगानीमा भाइरल छौ !
तिमी र ममा यही कुरा फरक छ ।
म मेरो पेट काटेर देश जोड्दा गुमनाम छु,
तिमी देश काटेर खाँदा भाइरल छौ !
तिमी र ममा यही फरक छ ।
मैले देश जोड्ने कुरा गरेको कसैले देखेनन् ,
तिमीले देश तोड्ने कुरा गरेको सबैले देखेका छन् !
त्यसैले त
म गुमनाम छु,
तिमी भाइरल छौ !
बस समाजको दृष्टि र नियति पनि यस्तै छ,
मलाई देख्दैन तिमीलाई देख्छ !
कि त दृष्टि र नियति खराब हो !
कि त म खराब हुँ !!
या त तिमी !!!

पाण्डे भन्छिन्, ‘हामी नागरिकहरु देशको सीमा मिचियो, जोगाउने कसरी भनेर लाखौ खर्चिन्छौँ । रातदिन नसुतेर देश जोगाउने कसरी भन्छौँ तर प्रधानमन्त्री भने केकमा देश काटेर खाइदिन्छन्, सारै चित्त दुख्ने रहेछ ।’ 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय