दोलखामा रहेकाे भिमसेन मन्दिरको शिलामा पसिना आयो, क्षमापूजा गरिंदै

dainikonline
दैनिक अनलाइन | फागुन ८, २०७६ बिहिबार | 0

काठमाडाैं । दोलखाको ऐतिहासिक भिमसेन मन्दिरको शिलामा आज बिहानै पसिना आएको छ । पुजारी कोशीनारायण श्रेष्ठका अनुसार आज बिहान ६ः३० बजेबाट भिमसेनको शिलामा पसिना आएको हाे ।

शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमापूजा गरिरहेकाे बताइएकाे छ । भिमसेनको शिलामा पसिना आउँदा देशमा अप्रिय घटना हुने मान्यता रहँदै आएको छ ।

शीलाको टुप्पामा पानीको थोपा देखिनुलाई भीमेश्वरलाई पसिना आएको मान्ने गरिन्छ । क्षमा पूजा नगरेसम्म शीलामा आएको पसिना नरोकिँने पुजारीले बताउनुभएकाे छ । शीलामा पसिना आएपछि दर्शनार्थी एवम् भक्तजनको घुईचो लागेको छ ।

शीलामा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने चलन छ । डा. रामवरण यादव राष्ट्रपति हुँदा पसिना आएकोबेला राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले क्षमा पूजा गर्न पूजा समग्री पठाउनुभएकाे बताइएकाे छ ।

राजा वीरेन्द्रको वंशनाश हुनुअघि र २०६२/०६३ को जनआन्दोलन सुरु हुनुभन्दा महिना दिनअघि पनि शिलामा पसिना आएको बताइएकाे छ । देशमा आईपर्ने हरेक विपत्तिपूर्व भिमसेनको शिलामा पसिना आउने विश्वास छ  ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय