जंगलमा ५ दिन पानी मात्रै खाएर बाचिन् चिनियाँ छात्रा

dainikonline
दैनिक अनलाइन | फागुन ७, २०७६ बुधबार | 0

क्विन्सल्याण्ड। अस्ट्रेलियाको जङ्गलमा पाँच दिनदेखि हराइरहेकी एक चिनियाँ विद्यार्थी सुरक्षित फेला परेकी छन्। उनलाई अष्ट्रेलियाको प्रहरी, गोताखोर तथा स्थानीयहरूको सहयोगमा गोल्ड कोस्ट लाइन नजिकै जर्ज वाटरफलको किनारबाट उद्धार गरिएको हो। 

प्रहरीले उनी सुरक्षित र स्वस्थ रहेको जनाएको छ। वास्तवमा, चीनका २६ वर्षीय याङ चेन अष्ट्रेलियामा अध्ययन गरि रहेकी थिइन। उनी क्विन्सल्याण्डको जंगलमा  साथीसँग घुम्न गएकी थिइन्। 

तलेबडगेरा उपत्यकाबाट बाहिर ठूला ठूला चट्टानहरू रहेको ठाँउबाट निस्किँदा उनीहरू छुट्टिएका थिए।

छुट्टिए पछि यी युवतीकी साथीले प्रहरीमा उजुरी गरेकी थिइन। प्रहरीले सफल उद्धान गरेको हो। चेनले जङ्गलमै गुफाको पानी खाएर ५ दिन बिताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय