उपराष्ट्रपति पुन सुरुङमा !

dainikonline
दैनिक अनलाइन | फागुन ७, २०७६ बुधबार | 0

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । 

उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि यहाँ आउनुभएका उपराष्ट्रपति पुनले मंगलबार साँझ भेरी नदीको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरीक्षण गर्नुभएको हो।

चिप्लेबाट बबई नदीसम्म १२ किलोमिटर लामो सुरुङमार्फत् भेरीको पानी बबईमा पु¥याइदैछ। आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ। सुरुङमार्फत् भेरीको पानी बबईमा पु¥याएर ४६ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ।

उपराष्ट्रपतिको निरीक्षणको क्रममा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको जानकारी गराउनुभयो। उहाँले आर्थिक वर्ष २०६९/८० सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो।

उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले आयोजनाको सुरुङ निर्माण सम्पन्न लगायतका प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका खेल्नुपर्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय