नेपालीलाई 'धम्की' दिएकै दिन चीनले आफ्नै देशमा गर्यो कारवाही

dainikonline
दैनिक अनलाइन | फागुन ७, २०७६ बुधबार | 0

काठमाडौं । नेपालको 'काठमाडौँ पोष्ट'मा प्रकाशित लेखप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति निकालेकै दिन चीनले बेइजिङमा ३ पत्रकारमाथि कारवाही गरेको छ।

कोरोना भाइरस सङ्क्रमण विरुद्ध लडिरहेको चीनले अमेरिकी अखबार 'वाल स्ट्रिट जर्नल'का ३ पत्रकारको परिचय पत्र रद्द गर्ने निर्णय गरेको छ।

अमेरिकी स्वामित्वको उक्त पत्रिकाले 'जातियता भडकाउने' खालको लेख प्रकाशित गरेपछि चीनले यस्तो एक्शन लिएको विदेश मन्त्रालयले जनाएको छ। 

नेपालमा चिनियाँ दूतावासले 'काठमाडौँ पोष्ट'को लेख विरुद्ध विज्ञप्ति जारी गर्दै उक्त पत्रिकाका सम्पादक अनुप काफ्लेलाई चीन विरोधी शक्तिको 'सुगा' भएको भन्दै बुधबार 'धम्कीपूर्ण' विज्ञप्ति निकालेको थियो।

चीनले बुधबार बेइजिङमा कारवाही गरेका पत्रकारहरू वाल स्ट्रिट पत्रिकाका बेइजिङ सम्वाददाता रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

बुधबार आयोजित्र पत्रकार सम्मेलनमा चिनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले उक्त पत्रिकाको लेखप्रति बारम्बार ध्यानाकर्षण गराउँदै सार्वजनिक माफि माग्न आग्रह गरेको तथा त्यसमा संलग्न व्यक्तिलाई जवाफदेही बनाउन आग्रह गरेको जनाएको छ। 

तर,पत्रिकाले कुनै माफी नमागेको तथा संलग्न मानिसलाई सजाय नदिएको विदेश मन्त्रालयको आरोप छ।

गत फेब्रअरी २ मा 'एशियाको वास्तविक बिरामी मान्छे चीन' अर्थात ''China is the real sick man of Asia" शिर्षकको प्राध्यापक वाल्टर रसेल मेडको लेख वाल स्ट्रिट जर्नलमा छापिएको थियो।

वाल स्ट्रिट जर्नलका अनुसार बेइजिङ स्थित व्युरोका उपप्रमुख जोस चिन र संवाददाता चाव देङ र अर्का संवाददाता फिलिप वेनलाई ५ दिनभित्र चीन छाड्न आदेश दिइएको छ। चिन र देङ अमेरिकी नागरिक हुन् भने वेन अष्ट्रेलियन।

यो पनि पढ्नुहोस

चीनले 'सुगा' भन्दै विज्ञप्ति निकालेपछि कसले के भने ?
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय