चीनले 'सुगा' भन्दै विज्ञप्ति निकालेपछि कसले के भने ?

dainikonline
दैनिक अनलाइन | फागुन ७, २०७६ बुधबार | 0

काठमाडौँ । चीनियाँ दुतावासले नेपालको एक सञ्चार माध्यममा प्रकाशित लेख र त्यसका सम्पादकको नाम उल्लेखित गर्दै विज्ञप्तिजारी गरेपछि सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ। 

कतिपयले छिमेकीको दुःखमा साथ दिनुपर्नेमा 'चिढाउने सामग्री' भन्दै सञ्चारमाध्यमको आलोचना गरेका छन् भने धेरैले चीनको विज्ञप्तिले सिमा नाघेको भन्दै आपत्ति प्रकट गरेका छन्। 

आफ्नो देशका सञ्चारमाध्यमलाई नियन्त्रणमा राखेको चीनले छिमेकी देशको प्रेस स्वतन्त्रता र सार्वभौमिकताको ख्यालै नगरी विज्ञप्ति निकालेको उनीहरूको टिप्पणी छ।

कोरोना भाइरस प्रकरणमा पूर्व अमेरिकी राजदूत इभो डालडरले 'द कोरिया हेराल्ड' पत्रिकामा लेखेको विचार 'द काठमाडौं पोस्ट'ले साभार गरेको थियो।

अन्य देशका सञ्चार माध्यममा समेत आएको उक्त सामग्रीमाथि नेपालमा मात्रै चिनियाँ दुतावासले आपत्ति प्रकट गरेको जनाइएको छ। 

दुतावासले विज्ञप्ति जारी गर्दै सम्पादकलाई चीन विरोधी शक्तिको 'सुगा'भएको आरोप लगाएको छ। 

उक्त विज्ञप्तिपछि कसले के भने हेर्नुहोस् 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय