गाडी दुर्घटनामा घाइते मेजर सिलवालको मृत्यु

dainikonline
दैनिक अनलाइन | फागुन ७, २०७६ बुधबार | 0

काठमाडौं । नेपाली सेनाका मेजर ईश्वर सिलवालको मृत्यु भएको छ।

नेपाली सेनाको सबुज गणमा कार्यरत सिलवाल माघ २९ गते सल्यानको चोरखोलामा भएको गाडी दुर्घटना घाइते भएपछि उपचाररत थिए।

बीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको नेपाली सेनाले जनाएको हो। घाइते मध्ये अन्यको उपचार भइरहेको छ। 

माघ २९ गते सल्यानको कपुरकोटबाट बुटवल जादै गरेको नेपाली सेनाको लु १ ग १२३ नम्बरको गाडी दुर्घटनामा परेर ६ जना घाइते भएका थिए। 

कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा गाडी दुर्घटना हुदा २९ बर्षिय नेपाली सेनाका सिपाही यादव राज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो।

यो पनी 

नेपाली सेना चढेको गाडी दुर्घटना
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय