सुनको मूल्यमा झनै नयाँ रेकर्ड, हेर्नुहोस् कति छ आज सुनको भाउ ?

dainikonline
दैनिक अनलाइन | फागुन ७, २०७६ बुधबार | 0

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार पनि सुनको मूल्य बढेको छ। 

आज छापावाल सुन प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। 

हिजो छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यस्तै आज तेजावी सुन प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७६ हजार ४  सय रुपैयाँमा कारोबार भएको छ।  

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९०५ रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय