अभिनेता पालको विमानस्थलमै हृदयघात, उपचारका क्रममा निधन

dainikonline
दैनिक अनलाइन | फागुन ६, २०७६ मंगलबार | 0

कांग्रेसका पूर्व सांसद् तथा बंगाली फिल्मका अभिनेता तापस पालको हृदय घातबाट निधन भएको छ।

आफ्नी छोरी भेट्न मुंबई गएका उनी कालकत्ता फर्किने क्रममा उनलाई विमानस्थलमै हृदयघात भएको थियो। हृदयघात भएपछि उनलाई जुहुको अस्पताल पुर्याएको थियो। तर आज बिहान करिब ४ बजेतिर उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

समाचार एजेन्सी पीटीआईको रिर्पोट अनुसार उनलाई पहिले देखिनै हृदयसम्बन्धी समस्या थियो। पछिल्लो दुई वर्षदेखि उनले कयौँ पटक अस्पतालमा यसको उपचार गराइरहेका थिए।

पश्चिम बंगालको चन्दंनगरमा जन्मिएका तापसले ग्रेजुएशन बायो साइन्समा हुगली मोहसिन कलेजबाट गरेका थिए। सन् १९८० मा उनले तरुण मजुमदारको बंगाली फिल्म दादर कीर्तिबाट डेब्यु गरेका थिए। बंगाली फिल्ममा चार वर्ष कार गरेपछि उनले पहिलो हिन्दी फिल्म अबोधमा काम गरेका थिए। 

यस फिल्ममा उनले माधुरी दीक्षितको अपोजिट भएर काम गरेका थिए। जुन फिल्म माधुरीको पहिलो डेब्यु फिल्म थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय