सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् कति छ आज सुनको भाउ ?

dainikonline
दैनिक अनलाइन | फागुन ६, २०७६ मंगलबार | 0

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। हिजो छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ हिजो तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय