इजराइली सैनिकलाई यी युवतीको तस्बिरले लोभ्याएपछि...

dainikonline
दैनिक अनलाइन | फागुन ६, २०७६ मंगलबार | 0

एजेन्सी । स्मार्टफोनमा महिलाको तस्बिर पठाएर इजराइलका दर्जन बढी सैनिकको मोबाइल ह्याक गरेको समाचार बाहिरीएको छ। सैनिकलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्न भनिएको सेनाका एक प्रवक्ताले बताए। 

सैनिकलाई उक्त एप्लिकेशनले आफ्नो फोन ह्याक हुन्छ भन्ने थाहा भएन्। इजराइली सेनाले उक्त ह्याकिङ हमास संगठनसँग सम्बन्धित व्यक्तिहरुले गरेको आरोप लगाएका छन्। गजामा नियन्त्रण गर्ने चरमपन्थी गुट हमास र इजराइलबीच पुरानो दुश्मनी छ। इजराइली सेनाका प्रवक्ता कर्नल जोनाथन कार्निकसका अनुसार इजराइली सैनिकको फोन ह्याक गर्ने हमासको यो तेस्रो र अहिलेसम्मको सबैभन्दा जटिल प्रयास थियो।

उनले भने, ‘उनीहरुले सिकिरहेका छन् र आफ्नो क्षमतालाई बढाइरहेका छन् । यो हामीले महसुस गरेका छौं।’ कर्नल कार्निकसका अनुसार ह्याकरले टुटेफुटेको हिब्रु बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीको रुप धारण गरे । सैनिकसँग दोस्ती बढाएपछि ती युवतीहरुले केही लिङ्क पठाए र यसमार्फत् आफूले तस्बिर पठाउने जानकारी दिए।

वास्तवमा, त्यो एउटा भाइरस थियो जसले स्मार्टफोन ह्याक गर्ने गर्छ। एकपटक क्लिक गरेपछि यो लिंक ह्याकरलाई स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस दिने गर्छ । यतिमात्रै होइन, यसलाई फोन नियन्त्रण पनि गर्न सकिन्छ र प्रयोग गर्ने व्यक्तिको जानकारी बिना नै तस्बिर र आवाज रेकर्ड गर्न सकिन्छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय