पत्नीको थियो परपुरुषसँग अवैध सम्बन्ध, पतिले थाहा पाएपछि...

dainikonline
दैनिक अनलाइन | फागुन ६, २०७६ मंगलबार | 0

एजेन्सी । एक व्यक्तिले आफ्नी पत्नीको चरित्रमाथि शंका लागेपछि यस्तो कदम उठाएका छन्, जसको कल्पना समेत गर्न सकिदैन्।     

आफ्नी पत्नीले पर–पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको आशंका भएपछि पतिले पत्नीको गोप्य अंग गमले टाँसिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना केन्याको हो। जहाँ एक पतिले पत्नीमाथि त्यस्तो हर्कत गरेका हुन्।  

आरोपीका अनुसार पत्नीको अन्य ४ पुरुषसँग अफेयर थियो। त्यसैले आफूले यस्तो कदम उठाएको आरोपीले बताएका छन्। ती व्यक्तिको पहिचान ३६ वर्षीय डेनिस मुमोका रुपमा भएको छ। 

डेलिमेलका अनुसार आरोपीलाई घरेलु हिंसा, आक्रमण र प्रजनन अंगमाथि नोक्सान पुर्यार्एको आरोपमा पक्राउ गरिएको छ।  आरोपीले प्रहरीसामु पत्नीमाथि थुप्रै आरोप लगाएका छन्। 

उनले आफ्नी पत्नीको फोनमा कयौँ पुरुषका एसएमएस र आपत्तिजनक तस्वीर पनि देखेको बताएका छन्। उनले आफ्नो वैवाहिक सम्बन्धलाई बचाउन उक्त कदम उठाएको स्वीकारेका छन्।   

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय