१४ वर्षको हुँदा बलात्कृत भएकाे भिडियाे पोर्नहबमा भेटिएपछि...

dainikonline
दैनिक अनलाइन | फागुन ५, २०७६ सोमबार | 0

काठमाडौँ । पछिल्लो वर्ष रोज कालेम्बाले एउटा ब्लग पोष्ट गरेकी थिइन् जसमा उनले आफु १४ वर्षको हुँदा बलात्कृत भएपछि सहन परेको पिडाको बारेमा लेखेको थिइन् । उनले आफुलाई आक्रमण गरेको भिडियो पार्न साइटबाट हटाउनको लागि उक्त कुरा व्यक्त गरेकी थिइन् । त्यसपछि थुप्रै मानिसले आफुपनि त्यस्तै घटनाको सिकार भएको र अहिले सोहि समस्याबाट पिडित भएको भन्दै उनलाई सम्पर्क गरेको बताएकी छिन् ।

उनलाई राखिएको अस्पतालको कोठाभित्र जाने बाटोमा एक जान नर्स उनलाई देखेर रोकिइन् र उनको अगाडी गईन् । उनले आफ्नो मलिन स्वरमा भनिन्, 'मलाई दुख लागेको छ कि तिमीलाई यस्तो भयो, मेरो छोरीको पनि बलात्कार भएको थियो ।' रोजले उक्त नर्सतर्फ हेरिन्, उनि ४० वर्ष जतिकी देखिन्थिइन्, रोजलाई उनको छोरी आफूजस्तै सानी छिन् जस्तो लग्यो । उनीमाथि भएको यौन दुर्व्यवहारको भोलिपल्ट बिहान, रोजले आफुमाथि भएको घटना सम्झिन थालिन्, कसरी डाक्टर तथा प्रहरी उनले आफु माथि भएको हिंशाको बारेमा बताउदा 'तथाकथित' शब्द प्रयोग गरिरहेका थिए ।

उनको पिता र ह्जुरआमा बाहेक अरु कसैले पनि उनको कुरा विश्वास गरी रहेका थिएनन् । तर ती नर्स अरुभन्दा भिन्न थिइन्, रोज भन्छिन्, 'उनले मेरो विश्वास गरेकी थिइन् ।' त्यस नर्सले भनेको कुरा उनको लागि एउटा आशाको किरण जस्तै थियो, कसैले उनिमाथि के भएको भनि महसुस गर्न सक्थ्यो, उनलाई लग्यो कि अब सबै घाउहरु निको हुँदै जान्छ । तर उनीलाई थाहा थिएन कि उनीमाथि भएको यौन हिंसा हजारौ मानिसले हेर्न मिल्थ्यो, ती दर्शकको मनमा उनीप्रति कुनै सहानुभूति थिएन ।

त्यसको एक दशकपछि रोज कलेम्बा आफ्नो बाथरुमको एना हेर्दै आफ्नो लामो कालो कपाल कोर्दै औलाले कपाललाई कार्ल गर्दै, 'घटना भएको केहि महिनासम्म यस्तो सामान्य अवस्था थिएन” उनको घरको सम्पूर्ण एनाहरु कपडाले ढाकिएको थियो, उनी आफ्नो छायाँ देख्दा पनि डराउथिइन् । अहिले उनि २५ वर्षकी भईन्, उनि आफ्नो दैनिकीको आफै ख्याल राख्न सक्छिन् जसमध्य आफ्नो कपालको हेरचाह पनि एक हो । कपाल कोर्दा उनको समय खर्च हुन्छ साथै एउटा मेडीटेशन जस्तै पनि हुन्छ ।

उनलाई थाहा छ कि उनको कपाल निकै राम्रो छ, मानिसहरु उनको कपालको प्रसंशा गर्दछन् । हरेक बिहान उनि आफ्नो लागी कच्चा चकलेटबाट काकाओ बनाउछिन् , उनि यसले छिटै निको बनाउने विश्वास गर्छिन् र हरेक दिन आफ्नो लक्ष्यको बारेमा एउटा डायरी लेख्छिन् । उनी आफ्नो सबै कुरा वर्तमान कालमा लेख्छिन् , 'म एक राम्रो चालक हो' उनको एक लक्ष्य 'म रोबर्टसंग विवाह गरेर खुसी छु' अर्को लक्ष्य 'म राम्रो आमा हो' उनको डायरीमा यस्तो कुरा लेखिएको छ ।

ओहायो जस्तो सानो शहरमा हुर्केकी रोज अघिपछिझैँ सुत्नुभन्दा केहि क्षण पहिला ताजा हावा खान बाहिर निस्केकी थिइन्, सन् २००९ अरु वर्ष झैँ सामान्य रुपमा नै थियो रोज ।खेलौना र किताब मनपर्ने एक किशोर बालिका थिइन्  । बाहिर हिड्दै गर्दा अचानक एक जना व्यक्ति उनको अगाडी चक्कु लिएर उभिए र उनलाई जबरजस्ती कारमा हालेर लगे ।

कारको प्यासेन्जर सिटमा आर्को १९ वर्षको जतो देखिने मानिस थियो, तिनीहरुले उनलाई शहरभन्दा टाढा एउटा घरमा लगे र उनको १२ घण्टा सम्म लगातार बलात्कार गरे र अर्को तेश्रो व्यक्तिले उनीहरुले बलात्कार गरेको सबै रेकर्ड गरिराखेको थियो । रोज निकै शोकमा थिइन्, उनी सास फेर्न पनि नसक्ने भएकी थिइन्, उनको बायाँ खुट्टामा चक्कुले हानेको थियो र सबै लुगा रगताम्य भएका थिए ।

उनी बेला बेलामा बेहोस हुने र एकछिनमा होस आउने गरि अचेत अवस्थामा थिइन् । ती मानिसहरुले उनी जस्तै अरु बालिकाको भिडियो पनि देखाए जसमा प्राय महिला कालो वर्णका थिए । उनि पटक पटक बेहोस हुन्थिइन् र होसमा नआए उनलाई मार्ने धम्की दिन थाले, जब उनले आफुलाई छाडीदिए प्रहरीमा उजुरी नगर्ने तथा उनीहरुको बारेमा केहि नबोल्ने बताईन् तब ती अपहरणकर्ताले उनलाई घरभन्दा केहि पर फालेर भागे ।

जसोतसो गरि उनो घर पुगिन्, घर भित्र पस्नुभन्दा पहिला बाटोमा रहेको ऐनामा उनको नजर गयो जसमा उनले आफु रगतमा लतपत भएको देखिइन् । उनको टाउकोबाट रगत बगिरहेको थियो, उनका पिता रन र अरु परवारका सदस्य लिभिंग रुममा बसिरहेका थिए ।

उनको खुट्टा बाट रगत बगिरहेको थियो, उनले आफु माथि भएको घटना सबै भनिन् । उनका पिताले तुरुन्त प्रहरीलाई फोन गरे र उनलाई अस्पताल लगियो । अस्पतालमा उनलाई हेर्ने डाक्टर र प्रहरी दुवै पुरुष थिए । उनी भन्छिन्,'दुवै जनाले मलाई राम्रो व्यवहार गरेनन्, म प्रति कुनै नरम वा दयाको भावनाले कुरा गरेनन् ।'

'ती पुरुष प्रहरीले मलाई यो सब आफ्नो स्वइच्छामा त भएको होइन भनि सोधे, मलाई आश्चर्य लग्यो कि मेरो अनुहार पुरै चिन्न नसकिने गरि पिटेको छ र खुट्टामा चक्कुले हानेर रगत रोकिएको छैन तर पनि यस्तो प्रश्न किन ?' रोजले आफुले चाहेर उक्त घटना नभएको बताइन् तर उनले ती व्यक्तिहरुलाई नचिनेको कारण प्रहरीसंग कुनै प्रमाण थिएन ।

जब रोजलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगियो, उनले आत्महत्या गर्ने प्रयास गरिन् तर उनको भाइले समयमा नै देखेको कारण उनी बाच्न सफल भईन् । केहि महिना पश्चात् जब उनि इन्टरनेटमा माइ स्पेस चलाईरहेकी थिइन्, उनलाई विद्यालयका साथीहरुले केहि लिंक पठाईदिए जसमा उनको बलात्कार गरिएको भिडियो थियो । उक्त लिंक प्रोनोग्राफीको साइट पोर्नहर्बको थियो । प्राय भिडियो उनी बेहोस भएको समयको थियो ।

रोज भन्छिन्, 'ती भिडियोको शिर्षक थियो, ‘रुँदै गरेकी टिन’ ‘पिटाई खाइरहेकी किशोरी’ ‘ बर्बाद भइरहेकी टिन’ ‘बेहोस भएकी किशोरी’ जस मध्य एउटाको भ्युज पनि ४० हजार पुगेको थियो । उनी भन्छिन्, 'आफु अचेत भएको अवास्थामा पनि यौन हिंसा भएको देख्दा आफुलाई निकै लाचार अनुभव गरे ।' उनले आफ्नो परिवारलाई उक्त कुरा नभन्ने निर्णय गरिन्, उनको परिवार प्राय उनको पक्षमा थिए तर अब त्यो हेरेपछि उनीहरुलाई भनेर केहि फाइदा हुन्छ जस्तो लागेन । केहि दिनमा नै उनका प्राय सबै साथीहरुले उक्त भिडियो हेरीसकेका थिए ।

उनी भन्छिन्, 'मलाई सबैले जिस्काउथे, मानिसहरु सोध्थे कि मैले केटा फसाउन यस्तो गरेको हो ? भनेर मलाई कतिपयले वेश्यासमेत भने ।' कतिपय केटाहरुले मलाई उनका परिवारले टाढा बस्न भनेको छ, भनि सुनाउथे, किनभने उनीहरु मैले केटालाई फसाएर बलात्कारको आरोपमा फसाउछु भन्ने सोच्दथे । उनी भन्छिन् , “ म सजिलै सबैले दोस देखाउने पिडित भएकी थिए ।”

सन् २००९ मा छ महिनाको समयमा रोजले पोर्नहबलाई आफ्नो उक्त भिडियो हटाउन थुप्रै पटक आग्रह गरिन् तर कुनै प्रतिक्रिया आएन । त्यसको एक वर्ष पछि उनले एक वकिलको कुरा गर्दै पोर्नहर्बलाई कानुनी कारवाही गर्ने चेतावनीसहित मेल गरिन् अनि बल्ल ४८ घण्टा पछि उनको त्यस भिडियो डिलिट भयो ।

उनी कसैसंग आँखा मिलाएर हेर्न सक्दिन थिईन्, सबैले उकको भिडियो हेरेको जस्तो लाग्थ्यो उनलाई । त्यसको केहि महिना पछि उनले काउन्सलिङ लिन थालिन् र बिस्तारै आफ्नो परिवारलाई अपराधीको बारेमा भन्न थालिन् । तर उनले आफ्नो परिवार र प्रहरीलै उक्त भिडियोको बारेमा भनिनन् । प्रहरीले उनको परिवारबाट पिडितको बयान लियो ।

वकिलहरूले तर्क गरे कि रोजले आफ्नो इच्छाले यौनसम्बन्ध राखेकी थिइन् र उनीहरूमाथि बलात्कारको आरोप लगाइएको थिएन तर नाबालिगको अपराधका लागि उनीहरुलाई अपराधी ठहर गरियो । रोज र उनको परिवारसंग अझ कडा तरिकाले लड्ने कुनै स्रोत थिएन ।

रोन कालेम्बाले धेरै वर्ष पहिले आफ्नो छोरी के भयो भनेर धेरै सोचे । उनी अधिक जान्न चाहान्थे, उनी अचम्मित थिए । उनको छोरी आक्रमण पछि सबै परिवर्तन भयो । उनी कक्षामा पनि जान मन गर्दैन थिईन् र आफ्नो गृहकार्य पनि गर्न सक्दिन थिईन् ।

रोनले उक्त पोर्न साइटस् र भिडियोको बारेमा सन् २०१९ मा मात्र थाहा पाए । उनी भन्छन्, 'जब रोजले आफ्नो यौन हिंशाको बारेमा आफ्नो एउटा ब्लगमा लेखिन् तब मात्र मलाई सामाजिक संजालको माध्यमबाट थाहा भयो ।' उनलाई आफ्नो छोरीको बलात्कार भएको भिडियो हजारौं मानिसले हेरिसकेको र उनलाई विद्यालयमा साथीले सताएको भन्ने कुरा थाहा थिएन  ।

'म बुझ्न सक्छु एउटा आठ कक्षामा अध्ययनरत सानी केटिमा कस्तो बित्छ भन्ने कुरा । म आठ कक्षामा पढ्दा एउटा केटिलाई सबैले जिस्काउने गर्थे तर हामी सब चुप हुन्थ्यौ कसलाई उसको मतलब हुँदैन थियो ।'

उनी भन्छन्, “मैले धेरै वर्ष पछि उनलाई भेटेको थिए, उनले मलाई पनि दोषी भनिन् किनभने चुप लागेर बस्नु पनि एक प्रकारको उत्पीडन नै हो ।' रोजका पिता भन्छन्, 'उसलाई पनि त्यस्तै भएको हो तर रोजले झन् धेरै सहन पर्यो, पुरै प्रविधिका डिजिटल भिडले उनलाई सताएका छन्, कोहि चुप लागेर बस्छन् र कोहि सताउने काम गर्छन् ।'

रोज आफै पनि यस डिजिटल संसारमा हराएकी छिन्, उनी आफ्नो बारेमा ब्लग लेख्छिन्, समाजिक संजालमा चर्चा गर्छिन् , कहिले आफ्नो बास्तविक नाम प्रयोग गर्छिन् त कहिले फेक नामले आफ्नो कुरा राख्छिन् । सन् २०१९मा आफ्नो सामाजिक संजालमा स्क्रोल गर्ने क्रममा उनले पोर्नहर्बको बारेमा थुप्रै पोष्ट देखिन् ।

मानिसहरु यसलाई अझ बढावा दिइरहेका थिए, च्यारिटीको लागि पैसा उठाइरहेका थिए, अपाङ्गता भएका व्यक्तिको लागि अनुदान दिने बताइरहेका थिए, महिला माथि हुने घरेलु हिंशा र प्रविधिमा जान चाहने महिलाको लागी २५ हजार डलर दिने लेखिएको थियो ।

पोर्नहर्बको अनुसार सन् २०१९ मा ४२ बिलियन मानिसले आफ्नो वेभसाइट भिजिट गरेको थिए यो सन् २०१८ को भन्दा ८.५ बिलियन बढी हो । दैनिक रुपमा करिव एक सय १५ मिलियन मानिस रहेको यसले बताएको छ भने प्रति सेकेन्ड १२ सय सर्च रेहको छ ।

रोज भन्छिन्, “ सामाजिक संजाल चलाउनेको लागि पोर्नहर्ब हेर्नु सामान्य हो, उनीहरुले राम्रो गरिरहेका छन् जस्तै ‘वेक’ मिसन तर म जस्तो निर्दिषको भिडियो पनि त्यहाँ छ , त्याहाँ बलात्कार भएको हो वा यौन हिंशा भएको हो कसलाई थाहा हुँदैन र मतलब पनि हुँदैन ।

भाइरल भएको एक ब्लग पोष्टमा रोजले आफ्नो बलात्कार भएको भिडियो हटाउनको लागि वकिल नभने सम्म नहटाएको कुरा बताएकी छिन् । थुप्रै महिला तथा पुरुषले उनको पोष्टमा प्रतिक्रिया दिएका छन् , यौन हिंशा भएका भिडियो साइट अझै पनि भएको बताएका छन् ।

पोर्नहर्बको अनुसार, “ सन् २००९ को भिडियोमा भएको आरोपहरु के थिए र कसरी व्यवस्थापन भयो सबै त्यही समयको संचालकलाई थाहा छ, यस बारेमा अहिले पोर्नहर्बलाई केहि थाहा छैन, पोर्नहर्बले यस उद्योगमा आफ्नो पोलिसी र सुरक्षा कडा बनेको दावी गरेको छ, अनुमति बिना कुनै भिडियो हाल्न नमिल्ने  तथा कानुन विपरित यौन हिंशाको भिडियो प्रति सतर्क रहेको छ ।”

कम्पनीले मोबाइल नामको तेश्रो पक्षको फिंगर प्रिन्ट सफ्टवेर राखेको छ जसले अनुमति नभएको मानिसबाट जे पायो त्यहि भिडियो अपलोड गर्न मिल्दैन ।

रोजको बलात्कारको जस्तै भिडियो अझै पनी पोर्नहर्बमा छ, ‘सुतिरहेकी किशोरीको यौन हिंसा’ ‘मातेकी किशोरी’ ‘किशोरीमाथि एक्सट्रिम यौन दुर्वव्हार’ जस्तो शिर्षक रहेको भिडियो अझै पनि छ । कम्पनीको अनुसार कतिपय ग्राहकलाई शिर्षकले आनन्द दिने र खोजि गर्दा पनि यस्तै भनेर सर्च गर्ने हुँदा राखिएको बताएको छ । पोर्नहब भन्छ, “ हाम्रो सर्तहरु पुरा गर्ने सबै भिडियोलाई प्राथमिकता दिन्छौ , मानिसको बोल्न पाउनुपर्ने स्वतन्त्रताको पक्षमा छौ हामी ।”

सन् २०१५ मा पोर्न हर्बले ‘नन-कन्सेन्सल कन्टेन्ट रिमुभल सिस्टम’ लागु गरेको छ तर पनि यौन हिंसाको भिडियो अझै पनि वेभसाइटमा हेर्ने मिल्छ । अक्टोबरमा फ्लोरिडाको ३० वर्षीय, क्रिस्टोफर जोनले १५ वर्षको बालिकालाई यौन हिंशा गरेकोले सजाय मिलेको थियो, उक्त भिडियो पोर्नहर्बमा अपलोड गरिएको छ ।

पोर्नहर्बले रिपोर्ट पर्ने बित्तिकै यस्तो भिडियो हटाउने बताएको छ । सन् २०१९ मा गर्ल्स डु पोर्न नामको च्यानल हटाएको थियो, यसमा महिलालाई जबरजस्ती पोर्न भिडियो बनाउन लगाइन्थ्यो र च्यानलका मालिकलाई सेक्स ट्राफिकिङ्गको पनि आरोप लागेको थियो ।

रोज भन्छिन्, “ एक दशक पहिला जे भएको थियो मानिसहरु यसलाई अहिले सामान्य भन्छन् तर मेरो ब्लग पढ्ने महिला भन्छन् अझै पनि यस्तो भैरहेको छ र यो एउटा साधारण घटना होइन ।” उनी भन्छिन्, “ विश्वको अरु ठाउँमा के हुन्छ भन्ने मलाई थाहा छैन तर यस्तो पोर्न ठुलो मात्रामा हेरिने ठाउँ मध्य-पुर्व र एसियामा महिलालै सतर्क हुनु आवस्यक छ , कतिपय पिडितलाई त आफ्नो भिडियो अपलोड भएको पनि थाहा हुँदैन ।”

“कतिपय कुरामा म चुप लागेर बसे, अझै पनि बाहिर बजारतिर निस्किदा मलाई मानिसले मेरो भिडियो हेरेका छन् जस्तो लाग्छ तर म अब चप लागेर बस्दिन, बलात्कारीको सबै भन्दा ठुलो हतियार भनेको हाम्रो मौनता हो।”

बीबीसी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय