आत्महत्याको खबरपछि यी अभिनेत्रीलाई आपतः भनिन्, ‘म अझैँ जिउँदै छु’

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

भारतीय टेलिभिजनकी कलाकार सेजल शर्माले शुक्रबार आत्महत्या गरिन्। उनले शुक्रबार घरमा एक सुसाइड नोट लेखेर आत्महत्या गरेकी थिइन्।  

शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन्। सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन, जो मुख्य पात्रको बहिनीको भूमिका हो।  

सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन्। भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन्।

उनको आत्महत्याको खबरले दुखी भएका उनका प्रशंसकले इन्स्टाग्राममा उनको नामले बनेको अकाउन्टमा श्रद्धाञ्जलीसहित कमेन्ट गर्न थाले। यो क्रममा धेरै प्रशंसकले यसै नामसँग मिल्दोजुल्दो अर्की नायिका सेजल शर्मालाई श्रद्धाञ्जली दिए। आफूलाई धमाधम श्रद्धाञ्जली आउन थालेपछि ती नायिकाले सोसल मिडियामा स्पष्टिकरण दिनुपरेको छ।

यस्तो छ उनको स्टाट्स
‘हेलो, म आफ्ना सबै साथी र प्रशंसकलाई आफू जिउँदो भएको जानकारी दिन चाहन्छु । म नायिका सेजल शर्माको आत्महत्याको खबर सुनेर स्तब्ध र दुखी भएकी छु । म सबैलाई यो आग्रह गर्न चाहन्छु कि यदि तपाईं जीवनमा दुःखी र डिप्रस्ड हुनुहुन्छ भने कृपया मृत्युलाई अँगालो नहाल्नुहोस् । आत्महत्या कुनै पनि समस्याको हल होइन । मिडियाले मेरो तस्बिर प्रयोग गरेकोमा पनि रुष्ट छु। उनीहरुले यस्तो गर्दा मेरा आफन्तबीच निकै कोकोहोलो मच्चिएको थियो।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय