अमेरिकामा हराएकी भनिएकी उपमेयर विरामी, लेखिन भावुक स्टाट्स

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । अमेरिकामा हराउनुभएकी भनिएकी कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर सम्पर्कमा आउनुभएको छ। 

एक गोष्ठीमा सहभागी हुन नगरपालिका संघमार्फत् कातिक महिनामा अमेरिका जानुभएकी उपमेयर दन्ता (दर्शना) नेपाली आफू कतै नहराएको र लुकेर पनि नबसेको भन्दै सार्वजनिक हुनुभएको हो।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उपमेयर नेपालीले अमेरीकाबाट पटक-पटक सम्पर्क गर्दा पनि मेयर रत्नबहादुर शाहीले फोन नउठाउनुभएको र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालसँग कुराकानी पनि भएको बताउनुभएको छ। 

आफू अमेरिकामा हराएको र लुकेर पनि नबसेको भन्दै विरामी भएर अहिले राम्रो सङ्ग बोल्न पनि नसक्ने अवस्थामा रहेको जानकारी गराउनुभएको हो। अहिले आफू अलि अलि चल्न सक्ने अवस्थामा रहेको जानकारी गराउँदै उहाँले सबै उपचार भारतका डा अञ्जीर कुमारले गर्दै आउनुभएको पनि बताउनुभएको छ। 

आफू पूर्ण रुपमा ठिक हुन अझै ५ महिना समय लाग्ने उहाँले जानकारी गराउनुभएको छ। 

हेर्नुहोस् उहाँको भावुक स्टाट्स

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय