इरानी मिसाइल आक्रमणबाट ३४ अमेरिकी सुरक्षाकर्मीलाई मस्तिष्क घात

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौं । इरानको मिसाइल आक्रमणका कारण ३४ जना अमेरिकी सुरक्षाकर्मीमा मस्तिष्क घात भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार उनीहरुको उपचार भइरहेको छ । यही महिनाको सुरुमा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पलाई लक्षित गर्दै दर्जनौं मिसाइल हमला गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य उच्च अधिकारीले भने घटनाबाट कसैलाई हानी नपुगेको दावी गरेका थिए । गत साता अमेरिकी सेनाले ११ जना सिपाहीमा मानसिक आघात पुगेको लक्षण दखिएपछि उपचार भएको जनाएको थियो । यही जनवरी ३ मा इराकको बगदादमा अमेरिकी सेनाको हवाइ हमलाबाट इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरानले पनि जनवरी ८ मा मिसाइल आक्रमण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोनाथन हफम्यानले यही शुक्रबार आफ्ना सुरक्षाफौजको उपचार गरिएको पुष्टि गरेका हुन् । उनीहरुको ‘टाउको दुखाइ र अन्य केही समस्या’का कारण उपचारका लागि पठाइएको रक्षा मन्त्रालयका प्रवक्ताले जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय