झन् बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य बढेको छ। 

आज छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ७४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय