आज प्रतिनिधिसभाले सभामुख पाउँदै, अग्नि सापकोटा निर्विरोध निर्वाचित हुने

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । आज प्रतिनिधिसभाले ४ महिनापछि सभामुख पाउँदै छ। गत असोजदेखि गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउन लागेको हो। 

सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाले मात्र उम्मेद्वारी दर्ता गराउनुभएको छ। उहाँको मात्रै उम्मेद्वारी परेका कारण उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ। 

सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे संसद् बैठकको आह्वान गरिएको छ। उपसभामुख डा शिवमाया तुम्बाहाङफेले पनि राजीनामा दिनुभइसकेका कारण ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै हुनुहुन्छ।

बैठकमा सापकोटाका प्रस्तावक र बोल्न समय दिइनेछ। प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि एकल उम्मेदवारी परेकाले ठाकुरले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नुहुनेछ। 

सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ। दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय