काँग्रेस नेता तथा पूर्वसांसद कार्कीको निधन

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । 

मिर्गौला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिनुभयो। 

उहाँले मिर्गौलाको डायलायसिस गराउँदै आउनुभएको थियो। पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका उहाँ विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। 

विसं २०५१ देखि २०५६ सम्म उहाँले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय