पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पश्चिम बङ्गाल भ्रमणमा जाँदै

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज परिवारसहित भारतको पश्चिम बङ्गाल जाँदैहुनुहुन्छ। गत मङ्सिर २७ गते झापा पुग्नुभएका शाह पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिम बङ्गाल जान लाग्नुभएको हो। 

शाहलाई सुरक्षा निकाय र उहाँको कारकेडसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ। पश्चिम बङ्गाल सरकारको सुरक्षासहितको टोलीले उहाँलाई गन्तव्यसम्म पुर्याउने छ।कारकेडसहितको सरकारी टोलीले पश्चिम बङ्गाल पुर्याउने व्यवस्था मिलाइएको छ।

‘धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम छ,’ उच्च स्रोतले भन्यो, ‘उतैको निम्तो मान्न बङ्गालको सिलिगुढी, दार्जिलिङ, कालिम्पोङ, सिक्किम जान लाग्नुभएको हो।’

शाह दम्पतीले ती क्षेत्रका नेपाली भाषी र पश्चिम बङ्गालका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ। भ्रमण दुई साता लामो हुने बताइएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय