ब्रुमर सफा गर्दै, टिपर धूलो झार्दै

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । राजधानी काठमाडौँका सडकको धूलो सफा गर्न हरेक रात ५ वटा ब्रुमर परिचालन गरिन्छन्।

साँझ ८ बजेबाट शुरू हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् तर निर्माण सामाग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेरमा फोहोर हुने गरेको छ। 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बालुवा, गिटी, ढुंगासहितका निर्माण सामाग्री बोक्ने टिपर र ब्रुमरको प्रतिस्पर्धा रातमा चल्ने बताउनुहुन्छ।

एउटा टिपरले झार्दै गरेको धूलो सफा गर्दै ब्रुमर अगाडि बढ्छ, पछाडि अर्को टिपरले धुलो झार्दै आउँछ, उहाँ भन्नुहुन्छ। आजको गोरखापत्र दैनिकमा खबर छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय