कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रमः सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा अनिवार्य

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षा विषय अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ। 

केन्द्रले सार्वजनिक गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूपमा कक्षा ११ र १२ मा यी दुई विषयसहित अंग्रेजी र नेपाली अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ।

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पढाइ सुरु हुने कक्षा ११ र १२ मा विद्यार्थीहरूले तीन विषय अनिवार्य र तीन विषय ऐच्छिक रूपमा अध्ययन गर्नुपर्नेछ। विद्यार्थीले थप ऐच्छिकका रूपमा अर्को एक विषय पनि अध्ययन गर्न पाउनेछन्। सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाअन्तर्गत एकरएक पाठ्यघण्टाको सूचना प्रविधिको व्यावहारिक अभ्यास गराइने केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिनुभयो।

कक्षा १० सम्म अनिवार्य विषयका रूपमा समावेश गरिएको गणितलाई कक्षा ११ र १२ मा ऐच्छिक विषयमा राखिएको छ। गणितलाई अनिवार्य विषयमा समावेश नगरेकामा विज्ञहरूले असन्तुष्टि जनाएका छन्। यसमा गणित विज्ञहरूले विषयको महत्त्वलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन्। पाठ्यक्रम निर्माणमा संलग्नहरूले सबै विद्यार्थीलाई गणितको बोझ बोकाउन नहुने तर्क गर्दै ऐच्छिक विषयका रूपमा राखिएको जनाए।

गणितलाई अनिवार्य विषयमा समावेश नगरेकामा विज्ञहरूले भने असन्तुष्टि जनाएका छन्। गणितको अभावमा विज्ञान, प्रविधि क्षेत्रसमेत कमजोर हुने उनीहरूले दाबी छ।

ऐच्छिक विषयका लागि ऐच्छिक प्रथम, द्वितीय, तृतीय र चतुर्थ समूहमा विषयहरू छुट्ट्याइएको छ। विद्यार्थीहरूले ती समूहमध्ये कुनै तीन समूहबाट एकरएक विषय गरी जम्मा तीन विषय छनोट गर्नुपर्ने छ। कक्षा ११/१२ को ऐच्छिक प्रथम समूहमा १५, दोस्रोमा १४, तेस्रोमा ३० र चौथोमा २० विषय सूचीकृत गरिएको छ। कक्षा ११ र १२ को अन्तिम परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्नेछ।

त्यस्तै, कक्षा ९ र १० मा नेपाली, अंग्रेजी, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन विषय अनिवार्य गरिएको छ भने दुई विषय ऐच्छिक छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय