कोचिङ सेन्टरमा पढ्दा पढ्दै मृत्युको मुखमा पुगे ५ विद्यार्थी

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

अचानक कोचिङ सेन्टरको छत खस्दा ५ विद्यार्थीको मृत्यु भएको छ। कोचिङ भइरहेका बेला अचानक छत खस्दा ५ जनाको मृत्यु हुनुका साथै केही विद्यार्थी घाइते भएका छन्। 

घटना भारतको दिल्लीस्थित गोकलपुर भजनपुरा क्षेत्रको हो। यहाँ एक कोचिङ सेन्टरमा पढाइ भइरहेका बेला छत खसेर उक्त घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

छत खस्दा ५ जनाको मृत्यु भएको छ भने केही विद्यार्थीको अवस्था गम्भिर रहेको समाचारमा उल्लेख छ। घाइते विद्यार्थीको नजिकैका अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनाबाट कोचिङ सेन्टरका सञ्चालक घाइते भएका छन्। 

घटनाप्रति दिल्लीका मुख्य मन्त्री अरविंद केजरीवालले दुख व्यक्त गरेका छन्। साथै उनले घटना स्थलमा पुगेर उद्धार तथा राहतका लागि सम्बन्धीत निकायलाई आग्रह पनि गरेका छन्।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय