निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ : नेता कोइराला

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान भएकाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताउनुभएको छ। 

नेपाली काँग्रेस तनहुँद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सभापति र वरिष्ठ नेताबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको छ भन्नुभयो। 

नेता कोइरालाले भन्नुभयो, “निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि कार्यकर्ताले नेतृत्वलाई दबाब दिन आवश्यक छ ।” पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्न र  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा केही समस्या भए सुधार गरेर लैजानुपर्नेमा उहाँले आग्रह गर्नुभयो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय