एमसिसी मुलुकको हितमा छ : रविन्द्र मिश्र

dainikonline
फाइल तस्विर
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0
फाइल तस्विर

काठमाडौं । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसदबाट अनुमोदन हुनुपर्ने धारणा राख्नुभएको छ।  

झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनुभयो।

परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई सदनबाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गर्नुभयो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय