भारत-पाकिस्तान विवाद समाधानका लागि मध्यस्थता गर्ने नेपालको प्रस्ताव

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

काठमाडौँ । नेपालले भारत र पाकिस्तानबीच रहेको तनावपूर्ण सम्बन्ध अन्त्यका लागि मध्यस्थताको भूमिका खेल्ने प्रस्ताव गरेको छ।

कश्मीर मामिला तथा सीमा विवादपछि तिक्ततापूर्ण रहेको दुई देशबीचको सम्बन्ध सुधारका लागि दक्षिण एसियाली मुलुकमध्ये पहिलोपटक नेपालले उक्त प्रस्ताव गरेको हो।

नेपालले वार्ता र छलफल मार्फत नै समस्याको समाधान गर्न सकिने बताएको छ ।

'हामी मध्यस्थताको भूमिका खेल्न तयार छौँ तर दुवै पक्षले सिधा सम्पर्क विकास गरेको राम्रो',नेपाली स्रोतले भन्यो

'कुनै पनि समस्याको समाधानका लागि शान्तिपूर्ण वार्ता र छलफल नै उत्तम उपाय हो। त्यहाँ केही विरोधाभास र मतभेदहरू हुन सक्छन् तर त्यसलाई वार्ताबाट समाधान गर्न सकिन्छ। आवश्यक भएमा हामी मध्यस्थताको भूमिका खेल्न तयार छौँ किनकि नेपाल स्वतन्त्र, तटस्थ र शान्तिप्रेमी मुलुक हो।' नेपाल सरकारको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मीर विवाद समाधानका लागि मध्यस्थता गर्न आफू तयार रहेको बताएका थिए। तर, भारतले तेस्रो पक्षको भूमिका अस्वीकार्य रहेको जनाएको थियो।

अमेरिकाको प्रस्ताव पछि नेपालले मध्यस्थताको भूमिका खेल्ने बताएको हो । 

यो पनी पढ्नुहोस्

कश्मीर विवादमा ट्रम्पको मध्यस्थतता जरुरी छैन : भारत
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय