अध्यक्ष प्रचण्डद्वारा सोनाम ल्होसारको शुभकामना

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । एक प्रेस विज्ञप्तिमार्फत अध्यक्ष प्रचण्डले शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामनाको पूर्णपाठ
तामाङ समुदायको साँस्कृतिक चाड सोनाम ल्होछार– २८५६ को अवसरमा स्वदेश तथा विदेशमा रहुनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । बहुभाषा, बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।

हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षापश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।

यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्दछु ।

११ माघ २०७६

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय