टर्कीमा गएको भूकम्पमा ज्यान गुमाउनेप्रति नेपालद्वारा श्रदाञ्जली व्यक्त

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

काठमाडौं । टर्कीमा गएको विनाशकारी भूकम्पमा परि ज्यान गुमाउनेप्रति नेपालले समवेदना व्यक्त गरेको छ । 

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सामाजिक सञ्जाल ट्विटर मार्फत भूकम्पमा परि ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

शुक्रबार टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

६ दशमलव ८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका भूकम्प ग्एको हो ।

उहाँले घटनास्थलहरुमा खोजी तथा उद्धारकार्य भइरहेको र तीस जना भत्किएको घर भित्र पुरिएको पनि जानकारी दिनुभयो । 

भूकम्पपछि दर्जनौ पटक परकम्प पनि आएको बताइएको छ । भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय