ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

बैतडी । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर सडकबाट करिव २५ मिटर तल खसेको आज बिहान थाहा भएको हुँदा दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय